
काठमाडौं, १० कात्तिक । नेपाल बंगलादेश बैंकले लाभांश वितरणकाे प्रस्ताव पारित गर्नका लागि साधारण सभा आव्हान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरेको लाभांशको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो ।
बैंकको साधारण सभा आगामी मंसिर २ गते काठमाडौं कमलादीस्थित रजिष्टर्ड कार्यालयमा बोलाईएको छ । पूर्वान्ह ११ वजे बोलाईएको साधारण सभा अनलाइनमार्फत हुने भएको छ । नेतृत्व चयन भने भौतिक उपस्थितिमा गरिने भएको छ ।
बैंकको २७औं वार्षिक साधारण सभामा हाल कायम भएको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर तथा ३.५० प्रतिशत नगद लाभांशसहित १५.५० प्रतिशत लाभांश वितरणको विशेष प्रस्तावलाई पारित गरिनेछ ।
यस्तै साधारण सभाले संस्थापकहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालक र सर्वसाधारणहरुको तर्फबाट ३ जना गरी ६ जना संचालक चयनको प्रस्तावलाई पारित गर्ने भएको छ ।
बैंकले साधारण सभा तथा नगद लाभांश वितरणको प्रयोजनका लागि कात्तिक १५ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । कात्तिक १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार गरी कायम भएका शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिने भएका छन् ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




