
काठमाडौं, १० कात्तिक । साताको कारोबार हुने चौथो दिन बुधबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । छापावाला सुनमा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले गिरावट भई प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलवार छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार २५० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




