
काठमाडौं, ११ कात्तिक। एसियाली पूर्वाधार लगानी बैंकका सञ्चालकको छैटौँ वार्षिक बैठक सन् २०२२ को डिसेम्बरसम्म रुसी महासङ्घलाई अध्यक्ष पदमा निर्वाचित गर्ने प्रस्ताव पारित गर्दै संयुक्त अरब इमिरेट्सको अबुधाबीमा सम्पन्न भएको छ ।
भिडियो कन्फ्रेन्समार्फत बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले जलवायु परिवर्तनसँग लड्न सबै अन्तर्राष्ट्रिय समुदायको विश्वव्यापी ऐक्यबद्धता र सहकार्यमा जोड दिनुभएको अर्थमन्त्रालयले जनाएको छ । बैंकले जलवायु वित्तकोषअन्तर्गत नेपाललाई विशेष लगानीका साथै जलवायु मैत्री दिगो वृद्धिका निम्ति सहयोग गर्नेमा नेपाल विश्वस्त रहेको सविच मरासिनीले बताएको उक्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जलवायु वित्त बैठकलाई पनि उनले सम्बोधन गरेका थिए ।
बैंकको सातौँ वार्षिक बैठक सन् २०२२ मा रुसमा आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसअघि बैंकका अध्यक्ष जिन लिक्वनले समावेशी, समतामूलक र दिगो भविष्य निर्माण गर्ने प्रतिबद्धतालाई सामूहिकरूपमा पूरा गर्न सबै मोर्चामा निजी क्षेत्रको सहभागिता अपरिहार्य भएको बताएका थिए ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




