बढ्यो सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     कार्तिक ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ कात्तिक । साताको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा छापावाल सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । छपावाला सुनमा रुपैयाँ ४०० ले बृद्धि भएको छ । चाँदी बुधबारकै भाउमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैया ४०० ले बृद्धि भएर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

चाँदीको भाउ यसदिन स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।