लाभांश पारित गर्न गुराँस लाइफले बोलायो साधारण सभा

-



     सफल आवाज    
     कार्तिक ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ कात्तिक । गुराँस लाइफ इन्स्योरेन्सले संचालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्न मंसिर १० गते ११ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । पूर्वान्ह ११ वजे शुरु हुने साधारण सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन, तीनकुनेमा अनलाइन मार्फत हुनेछ ।

साधारण सभामा आर्थिक वर्ष २०७५, २०७६ मा आर्जन भएको मुनाफाबाट ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२९ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरिने भएको छ ।

साधारण सभाको लागि कात्तिक २३ बाट मंसिर १० गतेसम्म बुकक्लोज हुने भएको छ । कात्तिक २२ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम भएका शेयरधनीहरु मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिने छन् ।

गुराँस लाईफको चुक्ता पूँजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० रुपैयाँ रहेको छ । इन्स्योरेन्सको ५.५० प्रतिशतले हुने १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस वितरणपछि चुक्ता पूँजी २ अर्ब ८ करोड ७२ लाख ५० हजार पुग्ने भएकाे छ ।