सिद्धार्थ बैंकको नाफासंगै ईपिएसमा बृद्धि

-



     सफल आवाज    
     कार्तिक १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ कात्तिक । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस वर्ष बैंकको खुद नाफामा बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद नाफा ९४ करोड ८७ लाख ३१ हजार रहेको छ । यो अघिल्लो वर्षको सोहि अवधिकोभन्दा ८९.५० प्रतिशत बढी हो । गएको वर्ष बैंकको खुद नाफा ५० करोड ६ लाख ४० हजार रहेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ३०.२५ प्रतिशत बढेको छ । संचालन नाफा ८७.२७ प्रतिशत बढेको छ । नेट फि कमिसन आम्दानी समिक्षा अवधिमा ६५.८१ प्रतिशत बढेको देखिन्छ ।

बैंकको असोज महिनाको अन्त्यसम्म वितरण योग्य मुनाफा २९ करोड ७८ लाख रहेको छ । गएको वर्ष यो मुनाफा ४८ करोड ६२ लाख ऋणात्मक थियो ।

यस आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको जगेडा कोषमा ३.८५ प्रतिशत बृद्धि भएको छ । त्यसैगरी बैंकको निक्षेप १.४४ प्रतिशत बढेको छ । कर्जामा भने ९.२३ प्रतिशतले बृद्धि भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । प्रतिशेयर २० रुपैयाँ ५ पैसाबाट १४ रुपैयाँ ५५ पैसामा बढेर ३४ रुपैयाँ ६६ पैसा भएको छ । असोजको अन्तिम सम्म मूल्य आम्दानी अनुपात १३.६६ गुणा रहेको छ । यस्तै प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ १३ पैसा रहेको छ ।