घट्यो लक्ष्मीपूजाको दिनमै सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ कात्तिक । यस वर्षको तिहारको आज धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गर्ने दिन । साताको सुनकाे कारोबार हुने पाँचौ दिन बिहिबार छापावाला सुनको भाउमा गिरावट भएको छ । छापावाला सुनमा रुपैयाँ ५०० ले गिरावट भएको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ५०० ले घटेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन यसदिन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहिबार चाँदीको भाउ स्थिर रहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएकोमा यसददिन पनि चाँदी सोहि भाउमा कारोबार भईरहेको छ ।