
काठमाडौं, १९ कात्तिक । तिहारको माहौल बढिरहेकै समयमा आधा दर्जन कम्पनीहरुको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेका अनुसार यो साता ५ कम्पनीको बोनस शेयर तथा एकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
नेको इन्स्योरेन्स
नेको इन्स्योरेन्सको १५.५० प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । उक्त शेयरकाे २० लाख ४२ हजार १९.३० कित्ता नेप्सेमा सूचीकृत भएको हो । संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६, ०७७ को मुनाफाबाट शेयरधनीहरुलाई १५.५ प्रतिशत बोनस तथा करको प्रयोजनार्थ ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
जनउत्थान सामुदायिक लघुवित्त
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४९.४० प्रतिशत बोनस अर्थात तीन लाख ९९ हजार दुई सय ४८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । संचालक समिति बैठकले आर्थिक वर्ष २०७६, ०७७ को लागि ४९.४० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि २.६० प्रतिशत नगद लाभांश गरेर ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
महुली लघुवित्त वित्तीय संस्था
महुली लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनसको ३ लाख ७३ हजार २४० कित्ता शेयर सूचीकृत भएको छ । संस्थाले आर्थिक वर्ष २०७६, २०७७ को मुनाफाबाट २० प्रतिशत बोनस तथा १.०५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरिसकेको छ ।
उन्नति सहकार्य लघुवित्त
उन्नति सहकार्य लघुवित्तको १७.८१ प्रतिशत बोनस शेयरको २ लाख ६६ हजार ३३०.५६ कित्ता सूचीकृत भएको छ । संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६, २०७७ को १७.८१०३८७२१ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ ।
सिनर्जि पावर डेभलपमेन्ट कम्पनी
सिनर्जि पावर डेभलपमेन्ट कम्पनीको १० प्रतिशत बोनस शेयरअनुसार ७ लाख ३३ हजार २५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ०७८ असार सम्मको संचित मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशतले हुने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर तथा करको प्रयाेजनार्थ ०.५२६३ प्रतिशतले हुने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांशसहित १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
ज्योती विकास बैंक
ज्योती विकास बैंकको “९ प्रतिशत ज्योती विकास बण्ड, ०८७” को १५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । बैंकको “ज्योती विकास बण्ड, ०८७” नामबाट १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्काशन गरिएको थियो ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




