
काठमाडौं, २२ कात्तिक । के नेपाल राष्ट्र बैंकले अख्तियार गर्ने नीतिले शेयर लगानीकर्ताहरुमा खुसीको बहार ल्याउला त ? अहिले लगानीकर्ताहरुमा यहि विषयमा छलफल भईरहेकाे छ।
छलफल नहुने कुरा पनि भएन किनभने नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा गर्न लागेको छ । केन्द्रीय बैंकको ४-१२ को १२ कराेडको नीतिबाट सन्तुष्ट नभएका लगानीकर्ताहरु राष्ट्र बैंकले नीतिका बारेमा समिक्षा गर्ने तयारी थालेपछि आशावादी बनेका छन् । पक्कै केहि त सुधार हुनेछ भन्नेमा उनीहरू ढुक्क छन।
गएको वर्ष मंसिरमा राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षा गरेको थियो । यसपालि बैंकले गत वर्षकोभन्दा अगाडी नै पहिलो त्रैमास लगतै समिक्षाको पहल शुरु गर्न लागेको छ ।
राष्ट्र बैंक ४-१२ को मौद्रिक नीति र लगानीयोग्य पूँजीको तरलतालाई कसरी कम गर्ने भन्ने विषयमा नै केन्द्रीत हुने देखिएको छ । बैंकहरुमा कात्तिकमा निक्षेपमा ब्याज बढेपछि राष्ट्र बैंकले हस्तक्षेप गर्दै ११ प्रतिशत पुगेको ब्याजदरलाई ९.३६ प्रतिशतभन्दा बढी नतोक्न निर्देशन दिएको थियो । त्यसपछि बैंकले ब्याजदर घटाउन बाध्य भएका थिए ।
अहिले सरकारी खर्च हुन सकेको छैन । राष्ट्र बैंककाे सरकारी खातामा रकम थुप्रिएको अवस्था छ भने तरलता हटेको छैन । बैंकहरुमा लगानीयोग्य रकम अभाव भएको छ ।
राष्ट्र बैंकले यस आर्थिक वर्षको मौद्रिक नीतिमा एक व्यक्ति वा संस्थाले ४ करोड र बढीमा तीन संस्थाले १२ करोडभन्दा बढी शेयर धीतो कर्जा लिएर शेयरमा लगानी गर्न बन्देज गरेको थियो । बैंकको सोहि नीतिबाट लगानीकर्ताहरु असन्तुष्ट बनेका र आन्दोलित समेत भएका थिए । साेहि अवस्था विद्यमान कायम रहेकोले लगानीकर्ताहरुलाई सन्तुष्ट बनाउने गरी राष्ट्र बैंकले गृहकार्य गरिरहेको आँकलन गरिएको छ ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




