
काठमाडौं, २३ कात्तिक । साताको कारोबार हुने तेश्रो दिन मंगलबार शेयर बजारमा अत्यधिक गिरावट भएको छ । नेप्से परिसूचक अधिक अंकले घट्दा कारोबार रकममा भने केहि सुधार भएको देखिएको छ । अघिल्लो दिन ४ अर्ब ४२ करोडको कारोबार भएकोमा यसदिन ६ अर्बभन्दा बढीको कारोबार भएको छ ।
मंगलबार नेप्से परिसूचक ७९.७९ अंकले घटेको छ । यसरी घटेको नेप्से २७४९.८५ विन्दुमा झरेको छ । नेप्सेमा २.८२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १६.०२ अंकले घटेर ५१२.८२ विन्दुमा ओर्लिएको छ ।
कुल २२५ वटा कम्पनीको कारोबार भएको छ । १ करोड १९ लाख १७ हजार ७७ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कुल १३ उपसमूहहरुमा सबै राताम्मै भएका छन् । सबैको शेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहसहित सबैको शेयर घटेको हाे।
कारोबारको आधारमा नबिल बैंक अब्बल ठहरिएको छ । बैंकको २९ करोड ८२ लाख ८१ हजार ७५२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।











काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




