
काठमाडौं, २४ कात्तिक । आँधिखोला लघुवित्त वित्तीय संस्थाको नाफामा सुधार देखिएको छ । लघुवित्तको सार्वजनिक भएको यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणले संस्थाको नाफामा सुधार भएको देखिएको हो ।
संस्थाले यस अवधिमा ९३ लाख ४४ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिकोभन्दा ४१.४३ प्रतिशतले बढी हो । अघिल्लो पटक संस्थाको नाफा यहि अवधिमा ६६ लाख ६ हजार रुपैयाँ रहेको थियो ।
लघुवित्तको संचालन मुनाफा पनि बढेको छ । यो बढेर ९६ लाख १४ हजार रुपैयाँ रहेको छ । गएको वर्षमा यो नाफा ९१ लाख १० हजार थियो । खुद ब्याज आम्दानी १ करोड ८१ लाख रहेको छ । गएको वर्षमा यो १ करोड ५३ लाखमा सिमित रहेको थियो ।
संस्थाको सापटी रकम ६२ करोड ४० लाख छ भने १ अर्ब १० करोड रुपैयाँ कर्जामा लगानी गरेको छ । अघिल्लो वर्ष ४२ करोड ११ लाख सापटी लिदा ७९ करोड ८४ लाख कर्जा परिचालन गरिएको थियो ।
लघुवित्तको जगेडामा ६६.२३ प्रतिशतले बढेर ७ करोड ८७ लाख पुगेको छ । गएको वर्षमा यो रकम ४ करोड ७३ लाखमा सिमित थियो । संस्थाको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी ३७.३८ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १७८.७९ रुपैयाँ रहेको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




