आज शेयर बजार बन्द, छठ पर्वकाे सार्वजनिक बिदा

-



     सफल आवाज    
     कार्तिक २४ गते २०७८ मा प्रकाशित



कठमाडौं, २४ कात्तिक । साताको चौथो दिन बुधबार आज शेयर बजार बन्द रहेको छ । यसदिन महत्वपूर्ण पर्व छठ परेकोले नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । पर्व विशेष सार्वजनिक बिदाका कारण शेयर बजारमा कारोबार बन्द भएको हो ।

शेयर बजार बिहिबार पूर्वान्ह ११ बजे खुल्ने भएको छ । मंगलबार नेप्से परिसूचक ७९.७९ अंकले घटेको थियो । यसरी घटेको नेप्से २७४९‍‍‍‍‌‌‌‌.८६ विन्दुमा पुगेर रोकिएको थियो । सो दिन ६ अर्ब ५२ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको २९ करोड ८२ लाख ८१ हजार ७५२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको थियो ।

कुल १३ उपसमूहहरु सबै राताम्मै भएका थिए । सबैको शेयर घटेको थियो । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहसहित सबैको शेयर घटेको हो ।