बढ्यो सुनको भाउ, कतिमा हुदैंछ कारोबार ?

-



     सफल आवाज    
     कार्तिक २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ कात्तिक । साताको कारोबार हुने चौथो दिन नेपालीमा बजारमा सुनको भाउ उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ ४०० ले बृद्धि भएको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले बृद्धि भएर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी प्रतितोला १ हजार २५० रुपैयाँ कारोबार भईरहेको छ । मंगलबार पनि चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा नै कारोबार भएको थियो ।