
काठमाडौं, २८ कात्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफामा बृद्धि भएको छ । निफ्राले आर्थिक वर्षकोभन्दा यसपटक खुद नाफामा बृद्धि गरेको हाे।
बैंकको सार्वजनिक भएको यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार गत वर्षको सोहि अवधिकोभन्दा यस आर्थिक वर्षमा खुद नाफामा बृद्धि भएको देखिएको छ ।
असोज महिनाको अन्त्यसम्म बैंकले २४ करोड २० लाख २७ हजार खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षकोभन्दा ३४.३७ प्रतिशत बढी हो । गत वर्ष बैंकले १८ करोड १ लाख २२ हजार खुद नाफा कमाएको थियो ।
संचालन मुनाफा तथा खुद ब्याज आम्दानी बढेसंगै बैंकको खुद नाफामा बृद्धि भएको हो । बैंकको खुद ब्याज आम्दानी ४५.८२ प्रतिशत रहेको छ । संचालन मुनाफा ३४.२० प्रतिशत र कुल संचालन आम्दानी ४६.२८ प्रतिशत बढेको छ ।
बैंकको चुक्ता पूँजी ६६.६७ प्रतिशत, जगेडा कोषमा ४५.६९ प्रतिशत र निक्षेपमा १९.२६ प्रतिशत बढेको छ ।
बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । ६ रुपैयाँमा १ रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ८४ पैसा भएको छ । असोजको अन्तिमसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ७४.३७ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा रहेको छ ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




