
काठमाडौं, २८ कात्तिक । सुुनचाँदीको भाउ निरन्तर उकालो लागेको छ । साताको कारोबार हुने पहिलो दिन आईतबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ। छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ २०० ले बृद्धि भएर प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । साे दिन पनि सुनकाे भाउ बढेकाे थियाे ।
यसदिन तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बृद्धि भई प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा भईरहने मूल्य घटबढको प्रभाव नेपालमा पनि पर्ने भएकोले सुनचाँदीको भाउमा उतारचडाव भईरहन्छ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




