
कठमाडौं, ३० कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले मंसिर १ गते बुधबारबाट लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम ४.११ प्रतिशत र अधिकतम ६.५५ प्रतिशत सम्मको ब्याज दिने भएको छ । मुद्धति निक्षेपमा न्यूनतम ८.११ प्रतिशत देखि १०.११ प्रतिशतसम्म रहेको छ । यसअघि मुद्धति निक्षेपको ब्याजदर ९.५५ प्रतिशत रहेको थियो । बैंकले पछिल्लो क्रममा निक्षेपमा ०.५६ प्रतिशत ब्याजदर बढाएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको ब्याजको आधारदर ५.५१ प्रतिशत कायम गरिएको छ । आधारदरमा ४ प्रतिशत थप गरेर ब्याजदर सार्वजनिक गरिएको हो ।
बैंकका अनुसार प्राकृतिक व्यक्तिको आवधिक कर्जाका सम्बन्धमा व्यक्तिगत कर्जातर्फ न्यूनतम ९ प्रतिशत देखि ११.५१ प्रतिशतसम्म ब्याजदर कायम भएको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




