
कठमाडौं, ३० कात्तिक । साताको कारोबार हुने तेश्रो दिन मंगलबार शेयर बजारमा सर्वत्र हरियाली छाएको छ ।
शेयर बजारको उकालोको यात्रा देखेर लगानीकर्ताहरु उत्साहित भएका छन् । नेप्सेमा उच्च अंकको बढोत्तरी हुँदा १३ वटै उपसमूहहरुले पनि उकालोको सुखद् यात्रा गरेका छन् । कारोबार रकममा पनि बृद्धि भएको छ ।
विशेष गरी पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माले चालेको सकारात्मक कदम र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसंगको छलफलपछि शेयर बजार सकारात्मक लयमा फर्किएको देखिएको छ ।
राष्ट्र बैंकले सर्कुलर जारि गरेपछि बैंक तथा बित्तीय संस्थाहरुले बुधबार मंसिर १ गतेदेखि लागू हुने गरी निक्षेप र कर्जा ब्याजदर प्राकाशमा ल्याएका छन् । बैंकहरुले ब्याजदर बढाएका छन् । वाणिज्य बैंकहरुले मुद्धती निक्षेपमा अधिकतम १०.०५ प्रतिशत ब्याजदर दिने भनेका छन् । तर यसको प्रभाव आज शेयर बजारमा देखिएन ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ६९.२२ अंकले बढेर २७८४.५७ विन्दुमा उक्लिएको छ । नेप्से २.५५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १४.९२ अंकले बढेर ५२१.४६ विन्दुमा पुगेको छ ।
कुल २२७ कम्पनीको शेयर कारोबार भएको छ । पछिल्लो दिन यो सबैभन्दा बढी कम्पनीको शेयर कारोबार भएको तथ्य हो । १ करोड ९३ लाख २२१ कित्ता शेयरको कारोबारबाट ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवा बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको ३७ करोड २६ लाख ८८ हजार ४९८ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।










काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




