फेरि घट्यो सुन र चाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     मंसिर १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ मंसिर । मंसिर महिनाकाे पहिलाे दिन । साताको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ फेरि ओरालो लागेको छ । छपावाला सुनमा रुपैमाँ ५०० ले तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ५०० ले गिरावट भई प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा १० रुपैयाँले गिरावट भई प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारकाे कारोबारमा हुने आरोह अवरोहको कारण नेपाली बजारमा सुनचाँदीको भाउ प्रभावित हुने महासंघले जनाएको छ ।