
पाेखरा, १ मंसिर । भीरकोट नगरपालिका १ बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि कार्तिक २८ देखि ३० गते सम्म आ.व २०७८/७९ को प्रथम त्रैमासिक समिक्षा तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । तालिममा संस्थाका अध्यक्ष नरेश के.सी.लगायत संस्थाका सञ्चालक समिति सदस्य दिपेन थापा, विद्या श्रेष्ठ, युक्त वहादुर सुवेदी, प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी., नायव कार्यकारी प्रमुख वावुराम कुवँर तथा केन्द्रीय कार्यालयमा विभिन्न विभागमा कार्यरत विभागिय प्रमुखहरुको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुखहरुको पनि सहभागिता रहेको थियो ।
संस्थाले हाल वजारमा वढ्दै गएको जोखिम न्युनिकरण गर्दै लघुवित्तमा देखिएका चुनौतीहरुलाई संस्थागत हित अभिवृद्धि र लघुवित्तको मर्मलाई समेत आघात नपर्ने गरि ग्राहकमैत्री ब्यबहार गर्नका लागी कर्मचारीलाई उत्पे्ररित गर्नु तालिमको मुख्य उदेश्य रहेको नायव कार्यकारी प्रमुख वावुराम कुवँरले वताए ।
तालिममा रिलायवल नेपाल लाईफ ईन्सुरेन्स स्याङ्जा शाखा प्रमुख नारायण अधिकारीले विमा सम्वन्धी सहजीकरण गरेका थिए । गोष्ठीमा सञ्चालक समितिका अध्यक्ष तथा नेपाल लघुवित्त वैंकर्स संघका कोषाध्यक्ष नरेश के.सी लगायत अन्य सञ्चालकले ब्यवसाय विस्तार तथा प्रवर्धनका लागि कर्मचारीहरु लाई उत्पे्ररित गर्दे संस्थागत हितमा लाग्नका लागी निर्देशन दिएका थिए ।
यस वित्तीय संस्थाको २०७६/०९/०२ गते धौलागिरी लघुवित्त वित्तीय संस्था सँग मर्जरका लागी भएको प्रारम्भीक संझौता बमोजिम शेयर कारोवार रोक्का रहेको छ र संस्थाको चुक्ता पूँजी १० करोड रहेको र २ प्रदेशका १० जिल्लामा कार्यक्षेत्र रहेको जनाइएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




