अपर स्याङ्गे हाईड्रोपावरको आइपिओ प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

-


     सफल आवाज    
     मंसिर १ गते २०७८ मा प्रकाशित


काठमाडौं, १ मंसिर । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई निष्काशन गर्न लागेको ८ लाख ७० हजार कित्ता शेयरको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता आज मंसिर १ गते बुधबार सम्पन्न भयो ।

सम्झौतामा अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष बिर बहादुर घले तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेज्यूले हस्ताक्षर गरेका छन ।

कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा. वडा नं. ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष बिर बहादुर घलेले जानकारी गराए ।