बढ्यो सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     मंसिर २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ मंसिर । साताको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा छापावाला सुनको भाउ उकालो लागेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । छापावाला सुनमा रुपैयाँ २०० ले बृद्धि भएको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ २०० ले बृद्धि भएर यसदिन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ भने बिहिबार स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी बुधबारको झैं प्रतितोला १ हजार २८० रुपैयाँमानै कारोबार भईरहेको छ ।