शेयर बजारमा फेरि करेक्सन, १३ वटै उपसमूह राताम्मै

-



     सफल आवाज    
     मंसिर २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ मंसिर । साताको कारोबार हुने अन्तिम दिन बिहिबार पुनः शेयर बजारमा फेरि पहिरो गएको छ । कारोबार रकममा बढोत्तरी भएपनि सूचकांकहरु सबै राताम्मै भएका छन् । यसअघि तीन दिन लयमा फर्किएको शेयर बजार पुनः नकारात्मक बाटोमा गएपछि लगानीकर्ताहरुको मन अमिलो भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा झरेको छ । नेप्से १.१६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ४.२५ अंकले घटेर ५२१.१८ विन्दुमा रहेको छ ।

कुल २२४ कम्पनीको शेयर कारोबार भएको छ । ९८ लाख ६२ हजार ९४० कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमुहहरु राताम्मै भएका छन् । सबैको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आज पनि नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको ६० करोड ४४ लाख ५५ हजार ४१२ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

मानुषी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयरमूल्य १० प्रतिशतले बढेर १ हजार १९५ रूपैयाँ ३० पैसा पुगेको छ । तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ५.०३ प्रतिशतले घटेकाे छ । प्रतिकित्ता ५ सय ४८ रूपैयाँमा झरेको पाइएकाे छ ।