घट्याे सुनचाँदीकाे भाउ, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     मंसिर ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ मंसिर । साताको काराेबार हुने छैटौं दिन शुक्रबार सुनचाँदीको भाउ सामान्य ओरालो लागेको छ । सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ १०० ले घटेर प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले गिरावट भई प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।