एनएमबि बैंकले पायो ३५ लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति

-



     सफल आवाज    
     मंसिर ३ गते २०७८ मा प्रकाशित



काठमाडाैं, ३ मंसिर । एनएमबि बैंकले ३५ लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति दिएको हो । एनएमबि बैंकको यो ऋणपत्र १५ वर्षे अवधिको हुनेछ भने यसमा लगानीकर्ताहरुले वार्षिक ४ प्रतिशत ब्याज पाउनेछन्। 

बैंकले ३५ लाख कित्ता ऋणपत्रमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्नेछ । बाँकी २१ लाख कित्ता ऋणपत्र ब्यक्तिगत रुपमा बिक्रि गरिने बैंकले जनाएको छ । 

एनएमबीको यो ऋणपत्रको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।