आकर्षक लुक्स र ८ भेरियन्टमा आउँदैछ टोयाेटा राइज नेपालमा

-


     सफल आवाज    
     मंसिर ५ गते २०७८ मा प्रकाशित


काठमाडौं, ५ मंसिर । युनाइटेड ट्रेडर्स सिन्डिकेटले नेपालका लागि टोयोटा राइज एसयूभी छिट्टै ल्याउन लागेको छ । यो गाडी आगामी डिसेम्बर महिनामा नेपालमा ल्याउने तयारी भएको नेपालका लागि आधिकारीक बितरक युनाइडेड ट्रेडर्सले जनाएको हो ।

अन्तराष्ट्रिय बजारमा चल्तिमा रहेको १.२ इन्जिन तथा १.० लिटर टर्बो इन्जिनयुक्त टोयटा राइज नेपाली बजारमा आउने भएपछि गाडीका पारखिहरु पखाईमा रहेका छन् । गाडी इन्जिन म्यानुअल तथा अटोमेटिक ट्रान्समिसनमा रहेको छ ।

गाडीमा ४.९ मिटर टर्निङ रेडियस रहेको छ । जसको कारण सजिलै चलाउन सहयोगि मानिएको छ । २०० एमएमको ग्राउण्ड क्लियरेन्स हुने भएकोले यात्रालाई झनै आरामदायी बनाउने अपेक्षा गरिएको छ ।

टोयटा राइज १४९८ सीसी क्षमताको गाडी जो १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनयुक्त राइज नेपालमा ल्याउन लागिएको छ । यसमा भएको १.२ लिटर इन्जिनले ८८.३७ पिएसमा ६ हजार आरपीएम पावर बढाउँछ । ११३ एनएमम ४ हजार ५०० आरपीएम टर्क उत्पादन गर्छ । यस्तै १.० लिटर टर्बो इन्जिनयुक्त राइजले ९८ पीएसमा ६ हजार आरपीएम तथा १४० एनएममा ४ हजार आरपीएम टर्क बढाउँछ ।

गाडीमा भएको ७ इन्च इन्फोटेनमेन्ट सिस्टम जो ताजा छ । एप्पल कारप्ले र एन्ड्रोइड अटो रहेको छ । यसले कनेक्टिभिटी तथा सुरक्षामा मद्यत गर्छ । गाडीको लुक्स पनि आकर्षक रहेको छ ।

गाडीको विशेष विशेषताहरुमा इन्धन क्षमता ३६ लिटर रहेको छ । यसमा एलइडी इन्डिकेटर, डिजिटल स्पिडमिटर, अटोमेटिक एसि, एबिएस प्रणाली, रिभर्स क्यामेरा रहेका छन् । नेपालमा आउँदा यो गाडी विभिन्न ८ भेयिन्टमा पाईने छ । यसको मूल्य ६६ लाख देखि ७२ लाखसम्म हुने बताईएको छ । तर तत्काल कम्पनीले मूल्य भनेको छैन ।