
काठमाडौं, ५ मंसिर । साताको कारोबार हुने पहिलो दिन आईतबार शेयर बजार ओरालो लागेको छ । लगानीकर्ताहरु राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षापछि कस्तो सन्देश प्रवाह गर्छ त्यसको पखाईमा रहेका छन् । बैकले यसै साता माैद्रिक नीतिकाे समिक्षा गर्ने यसअघिनै बताइसकेकाे हाे ।
१३ उपसमूहमध्य ११ वटा राताम्मै भएका छन् । बाँकी २ वटामा हरियो लागेको छ । नेप्सेमा दोहोरो अंकको यो गिरावटले फेरि आज लगानीकर्ताको मन खिन्न बनाएको छ भने कारोबार रकममा पनि गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ विन्दुमा झरेको छ । नेप्से ०.४२ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ३.७५ अंकले घटेर ५१९.२५ विन्दुमा रहेको छ ।
कुल २२५ कमम्पनीको शेयर कारोबार भएको छ । ७८ लाख ९४ हजार ४६८ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्य २ वटा मा हरियो लागेको छ । उनीहरुको शेयर बढेको छ । बाँकी रहेका ११ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको ५० करोड ९९ लाख ९२ हजार ३३२ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




