सुनचाँदीको भाउ निरन्तर उकालो लाग्दै

-



     सफल आवाज    
     मंसिर ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ मंसिर । सुनचाँदीको भाउ निरन्तर उकालो लागेको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको हो ।

छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा १० रुपैयाँले बृद्धि भई कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा २०० ले बृद्धि भएर यसदिन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन १० पैयाँले बृद्धि भई प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।