लघुवित्तलाई अन्य कम्पनीको शेयरमा लगानी नगर्न राष्ट्र बैंककाे निर्देशन

-


     सफल आवाज    
     मंसिर ७ गते २०७८ मा प्रकाशित


काठमाडौं, ७ मंसिर । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको इजाजत पाएका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशनमा परिमार्जन गर्दै अन्य कम्पनीको शेयरमा लगानी गर्ने व्यवस्थालाई रोकेको छ । जारि गरिएको निर्देशन २०७७ मा संशोधन/परिमार्जन/थप व्यवस्था गर्दै अन्य कम्पनीको शेयरमा लगानी गर्न नपाउने बनाएको हो ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनको ८ औं नम्बरको बुँदा नं २ मा संशोधन गर्दै अब ‘घ’ वर्गका बित्तीय संस्थाहरुले संगठित संस्थाको शेयर, डिबेञ्चर र सामूहिक लगानी कोषमा लगानी गर्न नपाउने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष सकिएको मितिदेखि वार्षिक साधारण सभाको स्वीकृति लिने अवधिसम्म सुधारात्मक कारबाही फुकुवा नभएको अवस्थामा लघुवित्त बित्तीय संस्थाहरुले बोनस तथा नगद लाभांस वितरणको घोषणा र वितरण गर्न नपाउने भनेकाे छ ।

तर यसअघिको प्रावधान अनुसार लघुवित्त संस्थाहरुले आर्थिक वर्षको अन्त्यमा बाह्य लेखापरिक्षकबाट प्रमाणित भएको वित्तीय विवरणमा तोकिएको अनुपातमा न्यूनतम पूँजी कोष कायम भएपनि उक्ता आर्थिक वर्ष सकिएको मितिदेखि साधारण सभा स्वीकृतिको मिति फुकुवा नभएसम्म लाभांश तथा बोनस शेयरको घोषणा तथा वितरण गर्न नपाउने प्रावधान रहेको थियो ।