दुई दिनमा रु २१०० ले घट्यो सुनको भाउ

-



     सफल आवाज    
     मंसिर ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ मंसिर । नेपाली बजारमा सुनचाँदीको भाउ निरन्तर ओरालो लागेको छ ।

साताको चौथो दिन बुधबार छापावाला सुनमा रुपैयाँ ५०० ले गिरावट भएको छ । चाँदीमा रुपैयाँ ३० ले गिरावट भएको छ । अघिल्लाे दिन मंगलबार छापावाला सुनमा एकैदिन रुपैयाँ १६०० ले घटेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ५०० ले गिरावट भई प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन छापावाला सुनमा एकैदिन रुपैयाँ १६०० ले गिरावट भएको थियो ।

तेजाबी सुन ९१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३० ले गिरावट भई प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २५५ मा कारोबार भएको थियो ।