सुनकाे भाउ निरन्तर ओरालो लाग्दै, चाँदीको बढ्याे

-


     सफल आवाज    
     मंसिर ९ गते २०७८ मा प्रकाशित


काठमाडौं, ९ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार पनि सुनको भाउ ओरालो लागेकाे छ । चाँदीको भाउमा भने सामान्य बृद्धि भएको छ ।

यसदिन छापावाला सुनमा रुपैयाँ १०० ले गिरावट भएको छ भने चाँदीको भाउमा रुपैयाँ ५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि छापावाला सुनको भाउ रुपैयाँ १०० ले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा भने यसदिन सामान्य ५ रुपैयाँले बृद्धि भएको छ । चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।