
ब्राजाभिल्ले १० मङ्सिर । अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप दिइएको छ । यहाँका अधिकारीहरुले अफ्रिकामा पनि कोरोना विरुद्धको खोपको अभियान सञ्चालन भइरहेको तर पनि कोरोना विरुद्धको खोप सबैलाई सुलभ भने नभएको बताइएको छ ।
विश्व स्वास्थ्य सगठनले बिहीबार दिएको जानकारीअनुसार जुन सुकै देशमा पनि अग्र स्थानमा खट्ने स्वास्थ्यकर्मीहरुका लागि खोपलाई प्राथमिकता दिने गरिएको छ । यसै अनुसार अफ्रिकामा पनि स्वास्थ्यकर्मीलाई खोपको प्राथमिकता दिइएको हो । तर पनि यहाँका धेरै जसो स्वास्थ्यकर्मीहरुले खोप पाउन सकेका छैनन् ।
स्वास्थ्यकर्मीले नै खोप पाउन नसक्दा कोरोनाका विरुद्धको लडाइँ जोखिमपूर्ण अवस्थामा रहेको अफ्रिकाका लागि विश्व स्वास्थ्य सगठनका निर्देशकले जानकारी दिएका छन् । यसै पनि अफ्रिकाका १६ ओटा देशमा स्वास्थ्यकर्मीको संख्या निकै थोरै छ ।
यहाँ प्रति एक हजार जना नागरिकमा एकजना मात्र चिकित्सक उपलब्ध रहेका छन् ।यसैमा पनि कोरोना विरुद्धको खोप २७ प्रतिशतले मात्र प्राप्त गर्न सक्नुले कोरोनाको जोखिम कम हुन नसकेको बताइएको छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




