
काठमाडौं, ११ मंसिर । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय सूचना सुरक्षा प्रत्याभूति गराउने तथा आईएसओ बाट मान्यता प्राप्त आइएसओ २७००१ः २०१३ मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ ।
आईएसओ २७००१ मापदण्ड अनुसार बैंकले ग्राहकको व्यक्तिगत विवरण र अन्य जानकारीहरुको सुरक्षाका लागि निरन्तर सुधार गर्ने अठोट व्यक्त र विवरणहरुको सुरक्षाका लागि प्रतिवद्धता जनाएपछि बैंकलाई क्वालिटि अष्ट्रियासंग आवद्ध सर्टिफिकेसन इन्फरमेशन इण्ड सेक्यूरिटि सर्भिसेज जीएमबीएचले प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो ।
बैंकका अनुसार यो उपलब्धिले आउने दिनहरुमा अँझ बैंकिङ प्रणालीमा सुरक्षा प्रत्याभूति हुने र ग्राहकको व्यक्तिगत विवरण, जानकारी भण्डारण गर्न र प्रयोगमा प्रोत्साहन हुने अपेक्षा गरिएको छ । एनआईसी एशिया बैंकले सर्टिफिकेसन एण्ड इन्फरमेसन सेक्यूरिटि सर्भिसेज जीएमबीएच लाई आभार पनि व्यक्त गरेको छ ।
बैंकले ग्राहकले गरेको विश्वास, स्नेह, र भरोसाको कारण देशभर ३५८ शाखा संचालन गर्न सक्षम भएको जनाएको छ । यस्तै ४७३ वटा एटिएम, ६८ वटा बिस्तारित काउन्टर र ८१ वटा शाखारहित बैंकिङमार्फत सेवा दिदैं आएको छ । एनआईसी एशिया देशमा सबैभन्दा धेरै शाखाबाट बैंकिङ सेवा प्रदान गर्ने बैंकमा दरिएको छ । यसका २७ लाख ३६ हजार बढी निक्षेप खाता र ९१ हजार बढी कर्जा खातासहित २८ लाख २७ हजार बढी खाता संचालनमा रहेका छन् ।
बैंकले गत आर्थिक वर्षमा नेपाल सरकारलाई २ अर्ब ८३ करोड बढी राजश्व बुझाई सकेको छ । जो वाणिज्य बैंकहरुमध्य दोश्रो तथा समग्र कम्पनीहरुको तुलनामा छैंटौं योगदान दिने बैंकको रुपमा रहेको छ ।
बैंकले देशको कुल जनसंख्याको ८० प्रतिशत बसोबास रहेको ग्रामिण क्षेत्र तथा शहरी क्षेत्रमा ७२ प्रतिशत शाखा कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




