
काठमाडौं, १३ मंसिर । साताको शेयर कारोबार हुने दोश्रो दिन आज सोमबार पनि लगानीकर्ताहरुको मन अमिलो भएको छ । शेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक र सेन्सेटिभ इण्डेक्स तल झरेको छ । यसदिन कारोबार रकममा पनि गिरावट भएको छ ।
नेपाल राष्ट्र बैंकले यस आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गरेपछि आईतबार नै त्यसको शेयर बजारमा असर देखिएको थियो । शेयर बजारको लय बिग्रनुमा यसको प्रभाव पनि हो भने बजारमा भएको तरलताको कारण पनि भएको यसक्षेत्रका जानकारहरु बताउँछन् । अनुमान मात्रै गर्ने हो छिट्टै लयमा फर्किएला तर कहिले ? यो अनिश्चत नै छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार कुल २२८ कम्पनीको शेयर कारोबार भएको छ । ८२ लाख २५ हजार ६२२ कित्ता शेयरको कारोबार बाट ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये एक मात्र म्युचुअल फण्डमा हरियो लागेको छ । यो समूहको ०.१२ प्रतिशतको बृद्धि भएको देखिए पनि बाँकी सबै १२ वटै उपसमूहरु राताम्मै भएका छन् । सबैको शेयर घटेको छ ।
बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूहको शेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको ६१ करोड ४ लाख ७५ हजार ३४० रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
बैंकको आईतबार मात्रै संचालक समितिको बैठकले बैंकका शेयर धनीहरुलाई २१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो । जो आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने भएको छ ।











झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




