
काठमाडौं, १४ मंसिर । लागातार छापावाला सुनमा गिरावट भईरहेको छ । सातामा सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज पनि छापावाला सुनमा गिरावट भएको छ । यसका साथै चाँदीको भाउ पनि घटेको छ ।

यसअघि सोमबार पनि छापावाला सुनमा गिरावट भएको थियो । यसदिन पनि छापावाला सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिनका लागि छापावाला सुनको भाउ रुपैयाँ १०० ले घटेर प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले गिरावट भई प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तराष्ट्रिय बजारमा भईरहेको फेरबदलको कारण त्यसको प्रभाव नेपाली बजारमा पनि पर्ने भएकोले सुनचाँदीको भाउमा घट्ने र बढ्ने क्रम चलिरहने बताउँदै आएको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




