१.६४ अंकले घट्यो नेप्से, सेन्सेटिभ इण्डेक्स ०.१८ अंकले बढ्यो

-



     सफल आवाज    
     मंसिर १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ म्रसिर । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि शेयर बजारको स्वरुप उल्लासमय देखिएन । तर सुधारको संकेत आउन थालेको होकि भन्ने आकलन लगानीकर्ताले गरेका छन् ।

नेप्सेमा आज सामान्य गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स थोरै बढेको छ । यसदिन कारोबार रकमले भने उचाई लिन सकेन र अघिल्लो दिनकाे तुलनामा कम नै देखियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से १.६४ अंकले घटेर २६२८ विन्दुमा झरेको छ । नेप्सेमा ०.०६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स भने सामान्य ०.१८ अंकले बढेर ४९५.६३ विन्दुमा पुगेको छ ।

कुल २२५ कम्पनीको शेयर कारोबार भएको छ । ६४ लाख ४७ हजार ४४९ कित्ता शेयरको खरिदबिक्रीबाट ३ अर्ब ८९ करोड ४१ हजार ९९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ७ वटामा रातो लागेको छ । उनीहरुको शेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूहको शेयर घटेको छ ।

यस्तै ६ उपसमूहमा भने हरियो लागेको छ । उनीहरुको शेयर बढेको छ । विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा र अन्य उपसमूहको शेयर बढेको हाे ।

कारोबारको आधारमा सबैभन्दा बढी आईसिएफसि फाइनान्स लिमिटेडको १६ करोड २ लाख ७६ हजार ५५२ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

२ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लेभलकाे कारोबार भएको छ । सामलिङ्ग पावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ४ सय १९ रूपैयाँ ५० पैसा पुगेको छ भने न्यादी हाइड्रोपावर कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३४१ रूपैयाँ ५० पैसा पुगेको छ ।