
पोखरा, १५ मंसिर । नेपाली खाना र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यसहित पोखरामा २ करोड रुपैयाँ लगानी रहेको क्लासिक चुलो रेष्ट्रो एण्ड ब्यङ्क्युट छिट्टै सञ्चालनमा आउने भएको छ ।
मंगलम हस्पिटालिटी प्रा.लि.द्धारा सञ्चालित चुलो आगामी माघ १ गतेदेखि सञ्चालनमा आउन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । परम्परागत नेपाली खानाका पारखीलाई लक्षित गरी पोखरा चिप्लेढुंगास्थित पोखरा ट्रेडमलको पाँचौ तलामा चुलो सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष खेमप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
नेपालको पर्यटन क्षेत्रमा नयाँपन दिने उद्देश्यसहित सात महिना अगाडी स्थापित हस्पिटालिटी ग्रेपले आगामी २ बर्षभित्र देशका मुख्य शहरहरु काठमाडौं, चितवन र बुटवलमा शाखा विस्तार गर्ने योजना रहेको म्यानेजिङ्ग डाइरेक्टर राजेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
पोखरामा नेपाली अर्गानिक खानाका पारखीहरुले खोजे जस्तो ठाउँ पोखरामा सिमित रहेकाले गाउँ गाउँका खानाका परिकारका स्वाद ग्राहकहरुलाई पस्कने आफूहरुको मुख्य उद्देश्य रहेको परियोजना सल्लाहकार अरुण मानन्धरले बताए । नेवारी खानालाई पनि विशेष प्राथमिकता दिइने उनको भनाइ छ । ब्याङ्क्युटमा २ करोड रुपैयाँ लगानी रहेको छ ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




