सुनको भाउ स्थिर, चाँदीको घट्यो

-


     सफल आवाज    
     मंसिर १६ गते २०७८ मा प्रकाशित


काठमाडाैं, १६ मंसिर । साताको कारोबार हुने पाँचौं दिन बिहिबार आज आछापावाला सुनको मूल्य स्थिर रहेको छ । चाँदीकोे भने रुपैयाँ १० ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ स्थिर रहि प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।


महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले गिरावट भई प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।