नेप्सेमा भारि गिरावट, महालक्ष्मी विकास बैंक देखियाे अब्बल

-


     सफल आवाज    
     मंसिर १६ गते २०७८ मा प्रकाशित


काठमाडौं, १६ मंसिर । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार शेयर बजारमा भारि गिरावट भएको छ । नेप्से परिसूचक ४९.०४ अंकले घटेर २५८४.६१ विन्दुमा झरेको छ । नेप्से १.८६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ९.४६ अंकले घटेर ४८७.२७ विन्दुमा झरेको छ ।

कुल २३१ कम्पनीको शेयर कारोबार भएको छ । ७९ लाख ३२ हजार ७३१ कित्ता शेयरको खरिदबिक्रीबाट ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहहरु सबै राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर घटेको छ ।

कारोबारको आधारमा महालक्ष्मी विकास बिकास बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको १२ करोड ४३ लाख ३९ हजार ३०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।