
काठमाडौं, २० मंसिर । एनआइबीएल सहभागिता फण्ड ‘खुलामुखी योजना’ विद्युतीय प्रणालीमार्फत् बिक्री गर्न सकिने भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआइबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआइबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘एनआइबीएल सहभागिता फण्ड’ (खुलामुखी योजना) को योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरि सार्वजनिक गरेको हो ।
योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्घारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ यस योजनाका स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणालीमार्फत् खरिद तथा अन्य विभिन्न अनलाइन सुविधाहरुको व्यवस्था गर्दै आइरहेको छ । यस क्यापिटलले योजनाका इकाई धनीहरुले आइतबारबाट सोही विद्युतीय प्रणालीमार्फत् इकाईहरुको बिक्री गर्न सक्नेसमेत जानकारी गराइएको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




