नेपालमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरिएन्ट

-



     सफल आवाज    
     मंसिर २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० मंसिर । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह–प्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

सह-प्रवक्ता अधिकारीका अनुसार एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा समेत ओमिक्रोन संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार दुवै जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका थिए ।