पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना संक्रमण, दुईको निधन

-



     सफल आवाज    
     मंसिर २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० मंसिर । पछिल्लो २४ घण्टामा देशभर २६५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ६१७ जनाको नमूना परीक्षणमा २६५ जनामा कोरोनाभाइरस पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३५७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार आज थप दुई जनाको निधन भएको छ । अहिलेसम्म नेपालमा सक्रिय संक्रमित ६ हजार ३८६ जना रहेको मन्त्रालयले जनाएको छ ।