
काठमाडौं, २१ मंसिर । अटोमोबाईल्स व्यवसायीको छाता संस्था नाडाको यही मंसिर २२ र २३ गते द सोल्टी होटल काठमाडाैंमा हुने अधिवेशनमा आफनाे पक्षमा जित हासिल गर्न अध्यक्ष पदका उम्मेदवार ध्रुब थापाकाे समुहले चुनावी भेटघाटलाइ तिब्र बनाएकाे छ । चुनावी प्रचारकाे घरदैलाे गर्ने क्रममा थापा समुहलाइ ब्यबसायीले देखाएकाे उत्साह हेर्दा अधिवेशनमा थापा समुहकाे जीत हुने देखिएको छ।
अध्यक्ष पदकाे चुनावी दौडमा अटोमोबाईल्सका क्षेत्रमा सफल व्यवसायीकाे छबी बनाएका ध्रुब थापा र चौधरी ग्रुपका करण चौधरी छन्।नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अटोमोबाईल्स सम्बन्धि व्यवसाय गरेर बसेका सबै व्यवसायीहरुसंगैं गएर भेटघाट गर्ने र उनीहरुको समस्या सुनेर त्यसको समाधान गर्ने थापाले प्रतिबद्धता जनाएका छन्।
चुनाव प्रचारप्रसारका लागि गरिएको मोबाईल म्यासेजमा आफ्नो व्यक्तिगत मोबाईल नम्बर समेत दिएर थापाले व्यवसायीकाे मन जितिरहेका छन्। जुनसुकै व्यवसायीले समस्या परेमा मसँग सिधै फोनमा कुरा गर्न सक्छन् र आफ्ना समस्या राख्न सक्छन्, थापाले भने। तर करण चौधरीसंग केहि उच्च घरानाका व्यवसायी बाहेक अन्य व्यवसायीले सम्बन्ध स्थापना गर्नसक्ने अवस्था छैन। करण चौधरीको सचिवालयबाट चुनावको लागि प्रतिनिधि व्यवसायीलाई मत माग्न गरिने टेलीफोनमा समेत उनका कर्मचारीले कुरागर्ने गरेका छन्।


कुनैपनि संस्थाको नेतृत्व लिन त्यस संस्थामा आवद्ध रहेका सम्पूर्ण सदस्यको पहुँचमा रहेर उनिहरुको मन जीत्न सक्ने क्षमता हुन आवश्यक रहेको अटाे व्यवसायीहरु बताउछन।
थापाले जितेपछि नाडाभित्र आमूल परिवर्तन गर्ने व्यवसायीले अपेक्षा गरेका छन्। थापाले आफ्नो चुनावी नारा नै “अब बनाउनु छ नाडा सबै अटोमोबाईल्स व्यवसायीको साझा” भन्ने बनाएका छन् । अहिलेसम्मकाे बजारकाे माहाेल हेर्दा नाडाको अध्यक्षमा ध्रुब थापाको समुह नै बिजयकाे नजिक देखिएको छ।









चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




