प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

-



     सफल आवाज    
     मंसिर २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम मौका रहेको छ ।

बैंकले पुसको ६ गते १४ औं साधारण सभा आव्हान गरेको छ । सभाले १६.६३ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गर्नेछ । कोरोना भाइरसको संक्रमणको जोखिमको कारण साधारण सभा अनलाइनमार्फत बोलाईएको छ ।

साधारण सभा तथा लाभांश वितरणको प्रयोजनको लागि मंसिर २२ गते बुधबार बुक क्लोज गरिएको छ । आज मंगलबारसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरेर कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउने र लाभांशका लागि योग्य हुनेछन् ।

बैंकको साधारण सभा पुसको ६ गते काठमाडौं कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा आव्हान गरिएको छ ।

साधारण सभाले चुक्ता पूँजीको १६.६३ प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गर्नेछ । बोनस शेयर १६ प्रतिशत तथा त्यसको कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांशसहित १६.६३ प्रतिशत रहेको छ । सभाले उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थाहरुसंग गाभ्ने, गाभिने र प्राप्तिका लागि कार्य गर्न संचालक समितिलाई अख्तियारी दिनेछ ।