एनआइबीएल एस क्यापिटलद्वारा ‘च्याटबोट सेवा’ सञ्चालन

-



     सफल आवाज    
     मंसिर २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । नेपाल ईन्भेष्टमेन्ट बैंकको स्वामित्वमा रहेको एनआइबीएल एस क्यापिटलले आफ्ना ग्राहकको सुविधाका लागि च्याटबोट सेवा सञ्चालन गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै समयअनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा ल्याइएको क्यापिटलले जनाएको छ ।

च्याटबोट सेवाबाट ग्राहकले कम्पनीको सेवाहरुको बारेमा सजिलैसँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थिति बिना नै सेवा लिन सकिने एनआइबीएल एस क्यापिटलले जनाएको छ । परिस्कृत सेवा सुबिधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा दिन सक्ने किसिमले विकास गरिएको क्यापिटलले जनाएको छ ।

यस अघि कम्पनीेले विद्युतीय प्रणाली अनलाइनमार्फत् एनआइबीएल सहभागिता फण्ड (खुलामुखी योजना) का ईकाईहरु खरिद गरेको थियो । कम्पनीले डिम्याट खाता खोल्ने तथा मेरो सेयर दर्ता गर्ने सेवासमेत सुचारु गरेको क्यापिटलले जनाएको छ ।