स्वाभिमान लघुवित्त र आइसीएफसी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ मंसिर । आज दुई कम्पनीका शेयरधनीहरुले लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था र आईसीएफसी फाइनासको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आजसम्म मात्रै रहेको हो ।

दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि बिहिबार मंसिर २३ गते बुक क्लोज गर्ने भएका छन् । दुबै कम्पनीका शेयरधनीहरुले लाभांशको प्राप्ति तथा साधारण सभामा भाग लिनका लागि आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएको हुनुपर्नेछ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पुसको ८ गते साधारण सभा बोलाएको छ । संस्थाले सो दिन दिउँसो १ वजे अनलाइनमार्फत केन्द्रीय कार्यालय तिलोत्तमामा अपरान्ह ३ वजे पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि १.७० नगद लाभांश वितरणको प्रस्तावलाई पारित गर्नेछ । उपयुक्त लागेको वित्तीय संस्थासंग मर्जर वा प्राप्तिका लागि कार्य गर्ने अख्तियारी संचालन समितिलाई दिनेछ । यस्तै सभाबाट संचालक समितिमा संस्थापकहरुबाट प्रतिनिधित्वको लागि ४ जना संचालक चयन गरिने भएको छ ।

यस्तै आईसीएफसी फाइनान्सले पुस ५ गते अठारौं वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि प्रस्ताव गरेको १४ प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्नेछ । साधारण सभा काठमाडौंस्थित आम्रपाली ब्यांक्वेटमा बोलाईएको छ । साधारण सभा सो दिन बिहान १० वजेबाट शुरु हुने भएको छ ।

साधारण सभाले हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ४ प्रतिशत गनद लाभांशसशित १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै सभाबाट फाइनान्सको प्रबन्धपत्र संशोधन, लेखापरिक्षकको नियुक्तीलगायतका प्रस्तावहरु पारित गरिने भएको छ ।