फरवार्ड माइक्रोफाइनान्सले सेयरधनीलाई ४२ प्रतिशत लाभांश वितरण गर्ने

-



     सफल आवाज    
     मंसिर २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ मंसिर । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

सेयरधनीहरुलाई लघुवित्तले हाल कायम चुक्ता पुँजीको ३५ प्रतिशत बोनस सेयर र सोमा लाग्ने करसहित ७ प्रतिशत नगद लाभांश गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिने संस्थाले जनाएको छ ।

मंसिर २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । अहिले लघुवित्तको चुक्ता पुँजी ६२ करोड ५५ लाख १९ हजार २५० रुपैयाँ रहेको छ ।