
काठमाडौं, २२ मंसिर । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँका दरको चार लाख ८० हजार कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बुधबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा एकर्ड फर्मास्युटिकल्स लिमिटेडका तर्फबाट अध्यक्ष विशाल पण्डित र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
अधिकृत पुँजी ६५ करोड रुपैयाँ र जारी पुँजी ४८ करोड रुपैयाँ रहेको यस फर्मास्युटिकल्सको केन्द्रीय कार्यालय काठमाडौं जिल्लाको तीनकुने सुविधानगरमा रहेको छ भने ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकास्थित लुभूमा ओषधी उत्पादन गर्ने कारखाना रहेको छ । नेपालका औषधी तथा औषधीजन्य सामाग्रीहरुको कारोबारमा लामो समय संलग्न रहेका व्यक्तिहरु तथा अन्य बिभिन्न क्षेत्रका बिज्ञहरुद्वारा प्रद्र्धित यो फर्मास्युटिकल्स कम्पनी विधिवत् रुपमा सुरुमा २०७० सालमा प्रालिका रुपमा स्थापना भएर पछि पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । डब्ल्यूएचओ-सीजीएमपीको मापदण्ड तथा गाइडलाइनअनुरुप औषधी उत्पादन भवनको निर्माण गरिएको छ ।
साथै यन्त्र तथा उपकरणको व्यवस्थापन, जडान एवं उत्पादन प्रक्रियासमेत सोहीअनुरुप सुनिश्चित गरिएको छ । कूल बिल्ट अप एरिया ६० हजार वर्गफिट रहेको उद्योगको भवनबाट विशिष्ट र बिभिन्न प्रकारका गुणस्तरीय औषधीहरु बजारमा ल्याइसकेको यस उद्योगले स्वदेश मात्र नभई विदेशमा समेत निर्यात गर्ने लक्ष्यसहित उत्पादन तथा बिक्री वितरणको आवश्यक व्यवस्था मिलाएको छ ।
हाल मुलुकमा औषधी उत्पादन गरिरहेका थुप्रै कम्पनीहरुमध्ये यो फर्मास्युटिकल्स कम्पनी सर्वसाधारणमा सेयर जारी गर्ने नेपालकै पहिलो औषधी उत्पादक कम्पनीको रुपमा रहने बताइएको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




