थप २८० जनामा कोरोना संक्रमण, दुई जनाको निधन

-



     सफल आवाज    
     मंसिर २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ मंसिर । पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ हजार १६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र तीन हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा दुई जनाले ज्यान गुमाएका छन् भने ३६६ जना निको भएका छन् । काठमाडौं उपत्यकामा १४६ जना संक्रमित भेटिएका छन् ।