मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

-



     सफल आवाज    
     मंसिर २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ मंसिर । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशतले हुन आउने १० करोड ६० लाख ५१ हजार १३२ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशतले हुन आउने ५५ लाख ८१ हजार ६३८ रुपैयाँ नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड ७३ लाख रहेको छ ।