सेञ्चुरी बैंकद्वारा सीमान्तकृत वर्गका विद्यार्थीलाई कम्बल वितरण

-



     सफल आवाज    
     मंसिर २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ मंसिर । सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सीमान्तकृत वर्गका विद्यार्थीहरुको हितको लागि न्यानो कम्बल वितरण गरेको छ ।

काभ्रेको चौरी देउराली गाउँपालिका वडा नं ४ छेडामा सीमान्तकृत बालबालिकाहरुलाई उच्च शिक्षा तथा सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यसहित लक्ष्मी प्रतिष्ठानद्वारा सञ्चालन गरिएको कुमार बलराम स्मृति छात्राबासमा रहेका ४९ जना सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई जाडो मौसमको मध्यनजर गर्दै एक समारोहका बीच न्यानो कम्बल वितरण गरिएको हो ।

कार्यक्रममा लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद गौतम, प्रतिष्ठानका कार्यक्रम अधिकृत कृष्ण गौतम, सरस्वती माद्यमिक विद्यालयका प्रधानाध्यापक बलराम खरेल, सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहाल, दोलालघाट शाखाका शाखा प्रबन्धक ईश्वर रानाभाटलगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।